पेट्रोलियम पदार्थको मुल्यमा बृद्दी
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २०।सरकारले पेट्रोलियम पदार्थको मुल्यमा बृद्दीगरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा विक्रि मूल्यमा प्रति लिटर पाँच रुपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)मा प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य एक सय ५०, र एक सय ३३ रुपैयाँ कायम गरेको छ । निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुँदासमेत बिक्री मूल्य नबढाई अहिलेलाई पुनः यथावत नै राखिएको छ भने हवाई इन्धनमा पनि केही मूल्य समायोजन गरिएको छ ।
।