नेपाली कांग्रेस बुढानिलकण्ठ -१० ले तिन वटा टोल समिती गठन गर्यो
कपन अनलाइन
काठमाण्डौ ,फागुन १५ ।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १० इकाई समितीले तिन वटा टोल समिती गठन गरेको छ। नेपाली कांग्रेस बुढानिलकण्ठ -१० ले लनचोक वखलढुङ्गे चोक,वखलढुङ्गे चोक साततले र नारायण चोक ढलानेपुल टोल गठन गरेको हो।
वडा नं १० मा भएको भेलाले मिलनचोक ओखलढुङ्गे चोक भवानी अधिकारी आचार्यको संयोजकत्वमा २१ सदस्य,ओखलढुङ्गे चोक साततले रोजी रेग्मिको संयोजकत्वमा १५ सदस्य र नारायण चोक ढलानेपुल टोलसमिति साबित्रा खड्काको संयोजकत्वमा १५ सदस्यीय टोल समिती निर्माण गरेको छ।
सो भेलामा प्रदेश सभा सदस्य माननीय न्हुच्छे नारायण श्रेष्ठ , केन्द्रिय माहाधिबेशन प्रतिनिधिद्वय मिना पराजुली , रीता बुढाथोकी क्षेत्रीय सचिव बद्री भट्टराई , प्रदेश सभापति राम प्रसाद लुंइटेल,नगर सभापति राजाराम बुढाथोकी , प्रदेश सचिव अम्बिका राना, क्षेत्रीय सदस्य कमला खनाल,प्रदेश प्रतिनिधि नारद प्रसाद भण्डारी , नगर सदस्य निलम जोशी ,एकाई सभापति नारदमणि घिमिरे, उपसभापति द्वय शेर बहादुर श्रेष्ठ , नेत्रप्रसाद भट्ट, सचिव नवीन बन लगायतको उपस्थिति रहेको थियो।