नेपाल बुद्दिष्ट तामाङ सुधार समिति गोकर्णेश्वर ४ ले नि:शुल्क आँखा शिविर गर्दै

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १०।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा निशुल्क आँखा परिक्षण शिविर  गरिने भएको छ ।नेपाल बुद्दिष्ट तामाङ सुधार समितिको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान संगको सहकार्यमा २०७८ साल फाल्गुण १४ गते शनिबार बिहान ८ बजे देखि  नेपाल बुद्दिष्ट तामाङ सुधार समितिको भवन माकलबारी, बाबा गोकर्णेश्वर बसपार्क पछाडी संचालन हुने उक्त निशुल्क आँखा शिविरमा आँखा जांच मोतियाबिन्दुको उपचार र निशुल्क औषधी समेत वितरण हुने भएकोले शिविरमा सहभागी भई लाभ लिन आयोजकले  अनुरोध गरेको छ।  थप जानकारीको लागि ९८५१२२०१६५, ९८४१२०३२९१, ९७४१७६५४९६ मा सम्पर्क गर्न सकिने छ ।

तपाइँको प्रतिक्रिया ।