स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी राजन श्रेष्ठ र रत्न श्रेष्ठको जोडीलाइ

स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी राजन श्रेष्ठ र रत्न श्रेष्ठको जोडीलाइ

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को आयोजनामा स्वर्गीय गोपाल श्रेष्ठ स्मृति गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी स्थित ब्याडमिन्टन कोर्टमा  संचालन भएको उक्त प्रतियोगिताको उपाधि रत्न श्रेष्ठ र राजन श्रेष्ठको जोडीले हात पारेका छन।

आज बिहान भएको फाइनल खेल रत्न श्रेष्ठ र  राजन श्रेष्ठको जोडी संग उमेश ढुंगाना र राजु कर्माचार्यको जोडी बीच भएको  थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा रत्न श्रेष्ठ र  राजन श्रेष्ठको जोडीले उमेश ढुंगाना र राजु कर्माचार्यको  जोडीलाइ १७- २१, २१-९, र २१- १८ अंकको तेस्रो सेटमा पराजित गर्दै उपाधि माथि कब्जा जमाएका छन। जित संगै उनीहरुले नगद रु दशहजार ,ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दितीय हुन सफल भएका उमेश ढुंगाना र राजु कर्माचार्यको जोडीले नगद रु ७ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यसै गरि  प्रतियोगितामा हारिशरण श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीले तृतीय स्थान हासील गर्दै नगद रु ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । त्यसैगरि प्रतियोगितामा उत्कृष्ट  टिमको उपाधि राजेश गुरुङ र राजकुमार श्रेष्ठको जोडीले हासिल गरेका थिए ।

 बिजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख शान्ती नेपाल गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ  , नगरपालिकाका प्रमुख  सल्लाहकार दिपक रिसाल , गोकर्णेश्वर नगरपालिका  युवा तथा  खेलकुद विकास समिति संयोजक संजय लामा  लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर युवा जागरण क्लब (GFG)ले स्व. गोपाल श्रेष्ठको स्मृतिमा गुरुकुलका बिद्यार्थीहरुलाई  फुटबल समेत प्रदान गरेका थिए गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष विकेश श्रेष्ठको अध्यक्षता भएको स्वर्गीय गोपाल श्रेष्ठ स्मृति गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम संचालन क्लबका सल्लाहकार ज्ञान कुमार श्रेष्ठले गरेका थिए ।

क्लबका उपाध्यक्ष विकास श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको कार्यक्रममा  प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ  , नगरपालिकाका प्रमुख  सल्लाहकार दिपक रिसाल , गोकर्णेश्वर नगरपालिका  युवा तथा  खेलकुद विकास समिति संयोजक संजय लामा लगायतले शुभकामना मन्तब्य राख्दै स्व. गोपाल श्रेष्ठले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रतियोगीता सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्नेहरुलाई धन्यबाद सहित सम्मान गरिएको कार्यक्रममा स्व. गोपाल श्रेष्ठको परिवार सहित खेलाडी खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।प्रतियोगितामा श्रीकृष्ण कारंजितले  निर्णायकको भूमिका निभाएका थिए।  नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष  तथा  गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो।

उनकै बार्षिक पुण्य तिथिको अवसरमा  खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने  र गोकर्णेश्वर नगरपालिका वडा नं ४  भित्रका ब्याडमिन्टन प्रेमीहरु लाई समेट्ने उद्धेश्यका साथ सुरु गरिएको सो  प्रतियोगितामा १६ टिमको सहभागिता रहेको  थियो । अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष विकेश श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।