फागुण ७ गते नेपाली कांग्रेस बुढानीलकण्ठले स्वास्थ्य सिविर गर्ने
कपन अनलाइन
काठमाण्डौ , फागुन ६।
नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिको नगर समितिले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । नगर समितिका सभापति राजाराम बुढाथोकीको अध्यक्षतामा मंगलबार बसेको बैठकले स्वास्थ्य सिविर संचालन निर्णय गरेको हो ।
नगरसमितिले नगरपालिकाका सबै वडामा स्थानीयको आवश्यकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको नेपाली कांग्रेस काठमाडौं बुढानीलकण्ठ नगरपालिका सह सचिव तथा स्वास्थ्य समितिका संयोजक कुमार खड्काले जानकारी दिएका छन ।
पहिलो स्वास्थ्य शिविर फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाको वडा नं १२ कपन खरिबोटमा उसुक्यानको भवनमा गर्ने निर्णय भएको उनले बताए ।
स्वास्थ शिविर अन्तर्गत नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौंका विशेषज्ञबाट आँखाको उपचार हुने संयोजक खड्काले जानकारी दिएका छन । उनका अनुसार शिविरमा निःशुल्क औषधि पनि वितरण गरिनेछ ।