नेपाल आर्मी लामा टेन्डी शेर्पा बास्केटबलको क्वाटरफाइनलमा

नेपाल आर्मी लामा टेन्डी शेर्पा बास्केटबलको क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,फागुन ५ ।

विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित ग¥यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे । आर्मीको जितसंगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वाटरफाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो । आर्मी र शंकरदेवबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
सुरुआतमा २७–१० को अग्रता लिएको आर्मी दोश्रोमा २६–६ ले अगाडि रह्यो । आर्मीले अग्रतालाई कायम राख्दै तेश्रो र चौथोमा समान ३०–२० अंक जोड्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले एचआईके भिजनलाई ७८–५९ ले हराउदै लगातार दोश्रो जित दर्ता गर्यो  । प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई हराएको थियो । कीर्तिपुरका लागि सुरज खड्गीले १७ स्कोर गर्दा एचआईकेका विजय लामाले १६ अंक बटुले ।
पहिलो क्वाटरमा २५–१३ ले अघि बढेको कीर्तिपुर दोश्रोमा ९–२० ले पछि रहँदा खेल ३३–३३ को बराबरी अवस्थामा पुगेको थियो । कीर्तिपुरले तेश्रोमा १९ र चौथोमा २५ अंक जोड्दा एचआईकेले दुवैमा समान १३ स्कोर  ग¥यो ।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३–२८ को सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना वज्राचार्यले १८ स्कोर गरे ।
ललितपुर चारै क्वाटरमा हावी रह्यो । कीर्तिपुरले कुनैपनि क्वाटरमा दोहोरो अंकको स्कोर छुन सकेन । ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो ।

तपाइँको प्रतिक्रिया ।