भेनस कलेजमा अध्ययनरत छात्रा पासाङ कान्छी शेर्पाले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाइन

भेनस कलेजमा अध्ययनरत छात्रा पासाङ कान्छी शेर्पाले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाइन

कपन अनलाइन

काठमाडौं फाल्गुन २ ।काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा संचालित भेनस  कलेजमा अध्ययनरत छात्रा पासाङ कान्छी शेर्पाले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छिन।  शेर्पाले उनको बुवा तेन्जिंग दोर्जे शेर्पा र दाइ सोनाम टाशी शेर्पा  संगै  एकै पटक सगरमाथा आरोहण गरि गिनिज बुकमा नाम लेखाउन सफल भएकी हुन भेनस नेशनल कलेजको  कक्षा १२मा अध्ययनरत  पासाङ कान्छी शेर्पाले   पुन सगरमाथा आरोहण गर्न लागेको हुँदा आइतबार कलेजले एक कार्यक्रमका बीच उनलाई सम्मान सहित बिदाइ गरेको छ  ।

 कलेजले उनलाई  पानी पिउनको लागि वाटर बोटल कलेजको लोगो अंकित झण्डा र नगद सहित बिदाइ गरेको हो ।उक्त कार्यक्रममा भेनस नेशनल कलेजका अध्यक्ष पेमा छिरी शेर्पा , क्याम्पस प्रमुख  कृष्ण गौतम तथा प्रधानाध्यापक नेत्र प्रसाद दाहाल,सहित  शिक्षक र  उपस्थिति बिद्यार्थीहरुको  उपस्थिति रहेको थियो । संक्षिप्त रुपमा आयोजित उक्त कार्यक्रम संचालन  कलेजका पब्लिक रिलेसन अफिसर  बिनित राज अर्यालले गरेका थिए।

 कार्यक्रममा शुभकामना मन्तब्य राख्दै क्याम्पस प्रमुख कृष्ण गौतमले उनलाई सफल आरोहणको शुभकामना ब्यक्त गरेका थिए।  उनले भेनस कलेजको झण्डा सगरमाथामा फैरिनु गौरबको  बिषय  भएको बताए ।  उनले भेनस नेसनल कलेजले नैतिक शिक्षामा आधारित शिक्षाको साथै शैक्षिक क्षेत्रमा स्थापित नवीनतम् सिद्धान्त, पद्धति र प्रविधिलाई स्कुलले अवलम्बन गरी बिद्यार्थीहरुको सर्वाङगीण विकासका  लागि परेको बताएका थिए ।कलेजले अन्तराष्ट्रिय स्तरको गुणस्तरिय शिक्षा प्रदान गर्नुका साथै  बिद्यार्थीहरुमा भएका अन्तर्निहित प्रतिभा प्रस्फुटनमा समेत जोड दिदै आएको जानकारी गराउदै पुन सफलताको शुभकामना ब्यक्त गरेका  थिए ।

कार्यक्रममा पासाङ कान्छी शेर्पाले खुसि र धन्यवाद ब्यक्त गर्दै   सम्मानले आफ्नो उदेश्यमा  थप उर्जा मिलेको बताएकी थिइन  ।

तपाइँको प्रतिक्रिया ।