नेकपा एमाले बुढानिलकण्ठको प्रशिक्षण कार्यक्रम,निर्वाचनको तयारीमा लाग्ने

नेकपा एमाले बुढानिलकण्ठको प्रशिक्षण कार्यक्रम,निर्वाचनको तयारीमा लाग्ने

कपन अनलाइन

काठमाण्डौ ,माघ २९।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ इभरसाइन पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रशिक्षण दिदै नेताहरुले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई,पोलिटब्युरो सदस्य कृष्ण राई,केन्द्रीय सदस्य नारायण सिलवाल,बागमती प्रदेस कमिटी सदस्य उद्दव खरेल लगायतका नेताहरुले प्रशिक्षण प्रदान गरेका थिए।

नेकपा एमाले बुढानिलकण्ठका कार्यबाहक अध्यक्ष शम्भु भट्टराईको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै विभिन्न विषयमा प्रशिक्षण समेत दिइएको थियो।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको अवस्थामा पार्टी पंक्तिको सम्पूर्ण ध्यान र गतिविधि चुनाव केन्द्रित बनाउन निर्देशन दिएका नेताहरुले गत निर्वाचनको परिणामका वारेमा समिक्षा गर्दै ठोस कार्ययोजना निर्माण गरेर अभियानमा लाग्न निर्देशन दिएका थिए।

नेकपा एमाले बुढानिलकण्ठका सचिव श्रीकृष्ण श्रेष्ठको संचालन र उपसचिव सुनिता गुरुङले स्वागत मन्तव्य राखेको प्रशिक्षण कार्यक्रममा नगर कमिटी सदस्य , शाखा कमिटी र जनसंगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।