भट्टराई कुलवंश प्रतिष्ठानद्धारा क्यान्सर पिडित सञ्जुलाई आर्थिक सहयोग

भट्टराई कुलवंश प्रतिष्ठानद्धारा क्यान्सर पिडित सञ्जुलाई आर्थिक सहयोग
कपन अनलाइन
काठमाण्डौ ,माघ २९
 भट्टराई  कुलवंश प्रतिष्ठानद्धारा क्यान्सर पिडित सञ्जुलाई आर्थिक सहयोग काठमाडौं । भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेशले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले दोलखा निवासी ४० वर्षीय सञ्जु भट्टराईलाई रु ५९७१०/- (अक्षरुपी उनान्साठी हजार सात सय दश) रुपैयाँ आर्थिक सहयोग गरेको हो । उनी स्तन क्यान्सरले पिडित छन् ।
गत कार्तिकमा स्वास्थ्य समस्या देखिएर जाँच गराउँदा उनमा क्यान्सरको समस्या देखिएको हो । प्रतिष्ठानको नियमित बैठकका क्रममा आज भक्तपुरको राधेराधे स्थित कार्यालयमा केन्द्रीय सचिव जीवराज भट्टराई र वागमती प्रदेश अध्यक्ष नारायण भट्टराईले सञ्जुका श्रीमान् राजकुमार भट्टराईलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरे । क्यान्सर जस्तो प्राणघातक रोगका विरुद्ध एकजुट भएर हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णमा अध्यक्ष भट्टराईले आव्हान समेत गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।