माघ २९ गते सनिवार चावहिलमा नेकपा एमालेको आकस्मिक रक्तदान कार्यक्रम हुने

माघ २९ गते सनिवार चावहिलमा नेकपा एमालेको आकस्मिक रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

माघ २९ गते सनिवार चावहिलमा नेकपा एमाले काठमाण्डौको रक्तदान कार्यक्रम हुने भएको छ।

काठमाण्डौ जिल्लाका १० वटै प्रतिनिधि सभा क्षेत्रमा आकस्मिक रक्तदान कार्यक्रम गर्ने निर्णय अनुसार सनिवार चावहिलमा १० बजे देखि २ बजे सम्म  उक्त रक्तदान कार्यक्रम हुनेछ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को संयोजनमा हुने सो रक्तदान कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण कमिटी, पार्टी सदस्य ,नेता सहित  क्षेत्रवासीलाई आयोजकले आग्रह गरेको छ।

यस अघि काठमाण्डौ क्षेत्र नं २ , ३  र ५  मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भैसकेको छ।

तपाइँको प्रतिक्रिया ।