मनोरञ्जन क्षेत्रमा कार्यरत किशोर–किशोरीको आर्थिक सशक्तिकरणका लागि ‘उत्थान तालिम’ सञ्चालन

मनोरञ्जन क्षेत्रमा कार्यरत किशोर–किशोरीको आर्थिक सशक्तिकरणका लागि ‘उत्थान तालिम’ सञ्चालन

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

मनोरञ्जन क्षेत्रमा कार्यरत किशोर–किशोरीको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि ‘उत्थान तालिम’ सञ्चालन गरिएको छ ।
विश्वास नेपालले विश्व शिक्षा संस्थामार्फत प्राप्त उत्थान परियोजना अन्तरगत सञ्चालित उत्थान तालिमले सो क्षेत्रमा कार्यरत किशोरीलाई आफ्नो सवल पक्षको पहिचान गर्दै उद्यमी बन्न प्ररित गर्ने लक्ष्य रहेको छ ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले यस क्षेत्रमा रोजगारी गर्ने किशोरी तथा महिलालाई समाज, परिवारले हेर्ने दृष्टिकोण बदल्न, आत्मसम्मानपूर्वक पेशागत मर्यादामा रहेर काम गर्न पाउनुपर्ने उद्देश्यका लागि हासिल गर्न विभिन्न संस्थासँग सहकार्य गर्ने क्रममा उत्थान तालिम प्रदान गरिएको बताएकी छन  ।
त्यसैगरी विश्वास नेपालका कार्यकारी निर्देशक बालकुमारी आलेले यस क्षेत्रको काम स्थायी हुँदैन, परिवारलाई आर्थिक टेवा पु¥याउन काम गर्ने किशोरीले आफ्नो क्षमता चिनेर उद्यमीसम्म बन्ने गरी उत्थान तालिमले सहयोग पुर्याउने  बताएकि छन  ।
उत्थान तालिमका प्रशिक्षक रोजी श्रेष्ठले यस तालिममा प्रशिक्षार्थीलाई आफ्नो सवल पक्ष पहिचान गर्न, समुदायलाई बुझ्न, राम्रो छुवाई र नराम्रो छुवाई,रोजगारीका क्रममा सम्भावित चुनौती र व्यवसाय सञ्चालनका लागि प्रेरित गर्न जीवनपयोगी उत्थान तालिम भइरहेको बताइन  ।
पहिलो चरणको उत्थान तालिममा मनोरञ्जन क्षेत्रमा कार्यरत २७ जना किशोरीलाई प्रशिक्षकहरू रोजी श्रेष्ठ, तारा भण्डारी,गोपाल तामाङ,रजनी खड्गी मधु गुरूङ र विष्णु पनेरूले विविध शीर्षकमा तालिम प्रदानगरेका थिए  ।
यस तालिम युनिसेफ नेपालको आर्थिक सहयोगमा विश्व शिक्षा संस्थामार्फत प्राप्त उत्थान परियोजना अन्तरगत सञ्चालन भइरहेको विश्वास नेपालले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।