पूर्व अन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग प्रदान

पूर्व अन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग प्रदान

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।
पूर्व अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले सहयोग प्रदान गरेको छ ।
संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षकहरु, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्व च्याम्पियन बिकास श्रेष्ठले ललितपुर, बिष्टछापमा बसोबास गर्दै आईरहेकी राणालाई प्रदान गरेको हो ।
ब्याडमिन्टनकी पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेकी राणा विगत लामो समय देखि ब्लड क्यान्सर संग संघर्ष गर्दै आईरहेकी छिन् । रोगकै कारण हाल उनले आर्थिक कठिनाई ब्यहोर्दै आईरहेकी छिन् ।

 

तपाइँको प्रतिक्रिया ।