सरस्वती पुजाको अवसरमा चक्र स्मृति पाठशालामा अध्ययनरत बिद्यार्थीलाइ न्यानो कपडा वितरण
कपन अनलाइन
काठमाडौँ, माघ २४ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको चक्र स्मृति पाठशालामा अध्ययनरत बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरिएको छ ।आइतबार वसन्त पञ्चमीको अवसरमा बिद्यालयमा आयोजित सरस्वती पूजन, अक्षरारम्भ,तथा भर्ना अभियान कार्यक्रम अन्तरगत सो बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा ज्याकेट वितरण गरिएको हो ।
बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारराज सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख सन्तोष चालिसे नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले सरस्वती पुजन गर्नुको साथै बिद्यार्थीहरुलाई ज्याकेट वितरण गरेका थिए ।
सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण बसन्त पंचमीको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले सरस्वती पुजाको शुभकामना दिदै नेपाली कांग्रेसका नेता स्व. चक्र बहादुर ठकुरीको स्मृतिमा खोलिएको उक्त चक्र स्मृति पाठशालाले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी गराएका थिए।