नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत

नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत

कपन अनलाइन
काठमाडौं, माघ २४ ।

नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन ।नेपाल खेलकुद महासंघ (नेकोस) को सातौं पदाधिकारी बैठक बाट पर्शुराम बस्नेत ज्युको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठनका समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले पोलीटब्युरो सदस्य तथा  नेकोस इन्चार्ज गोकुल बास्कोटा,नेकपा एमाले केन्द्रीय सदस्य तथा जनसंगठनका समन्वय संयन्त्रका उपप्रमुख रचना खड्का नेकोसका अध्यक्ष तथा सह इन्चार्ज रमेशकुमार पौडेल लगायतको उपस्थितिमा भएको बैठकले नेकोसका बरिस्ट उपाध्यक्ष रहेका बस्नेतलाई संयोजकमा चयन गरेको थियो।

प्रदेस नं १ खेलकुद परिषदका सदस्य सचिव समेत रहेका बस्नेत युवा संघ नेपालको पुर्व उपाध्यक्ष रहिसकेका छन।

तपाइँको प्रतिक्रिया ।