बुढानिलकण्ठ र टोखाका दुई जनाले भुमि आयोगको मान्छे बनेर सुकुम्वासीलाई ठगे…

बुढानिलकण्ठ र टोखाका दुई जनाले भुमि आयोगको मान्छे बनेर सुकुम्वासीलाई ठगे…

कपन अनलाइन
काठमाडौं, माघ २४।

बुढानिलकण्ठ र टोखा नगरपालिकाका दुई  जनाले भुमि आयोगको मान्छे बनेर सुकुम्वासीलाई ठगेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ४ बस्ने उद्दव भण्डारी र टोखा नगरपालिका वडा नं ८ बस्ने होम नारायण चौधरीले सुकुम्वासीलाई जग्गा मिलाइदिने भन्दै ठगी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

काठमाण्डौ महानगरपालिका वडा नं १६ बसन्त नगरमा रहेको भेटघाट क्याफेमा ४ आना जग्गा प्राप्त गर्न ५० हजार रुपैया सहित फारम भर्न लगाई सुकुम्वासीलाई ठग्ने उनीहरुबाट ल्यापटप,प्रिन्टर,फर्म र फाइल बरामद गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।