घुस लिने नगरपालिकाका नायब सुब्बा बिनोद अख्तियारको नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ ,माघ २० ।
सेवाग्राहीसँग घुस लिने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको हो।
उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।