Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/01/272622447_4363606357074848_6063321559314319119_n-1-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रातको करिव ९.३० बजे कपन क्याम्पस नजिक बालुवा निकाल्दै गरेको जेसिबी र ट्रीपर कपन प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

कपन क्याम्पस नजिकबाट बालुवा निकाल्दै गरेको ट्रीपर र जेसिबी कपन प्रहरीले नियन्त्रणमा लिएको छ।

माघ १४ गते राति करिव ९.३० बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन बहुमुखी क्याम्पस नजिक बालुवा निकाल्दै गरेको जेसिबी र ओसारपसारमा संलग्न बा ५ ख ४७६२ नम्बरको ट्रीपरलाई प्रहरीले नियन्त्रणमा लिएर  कपन प्रहरी प्रभागमा राखेको छ।

हाल सम्म उक्त ट्रीपर र जेसिबी चालकहरुले बालुवा निकाल्ने अनुमति र अन्य कुनै पनि अधिकारिक कागजात नदेखाएको जानकारी दिदै कपन प्रहरीले सम्बन्धित धनी सम्पर्कमा आएको र आज सो विषयमा छलफल हुने बताएको छ।

केहि समय अगाडी पनि सो क्षेत्रको बालुवा बेचबिखन र उपयोगका वारेमा निकै चर्चा भएको थियो। पटक पटक सो क्षेत्रको बालुवा अपचलन र दुरुपयोगको गुनासो बढेसंगै बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक लेखा समितीले प्रतिवेदन तयार पारेर नगर सभामा प्रस्तुत गरेको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।