गोकर्णेश्वर नगरपालिका वडा नं १ मा कुखुरा पालन तालिम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं  १ मा कुखुरा पालन तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ १४। गोकर्णेश्वर नगरपालिका वडा नं १ का महिला कृषकहरुलाई कुखुरा पालन तालिम प्रदान गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सीप विकास तालिम अन्तरगत सुन्दरीजलस्थित ओख्रेनी माध्यमिक बिद्यालयमा  २०७८ साल माघ ९ गते देखि १३ गते सम्म संचालित उक्त तालिमको समापन सत्रका प्रमुख अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा रहेका थिए भने बिशेष अतिथिको रुपमा  प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरे, लेखा शाखा प्रमुख रामजी रायमाझी , महिला तथा बालबालिका तथा कल्याण उपशाखा अधिकृत भीमा थापा  गोकर्णेश्वर नगरपालिका वडा नं १का वडा सदस्य आइतमान तामाङ  प्रमुख प्रशिक्षक शिवराम श्रेष्ठ लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको  कार्यक्रमको अध्यक्षता तारा तामाङले गरेकी थिइन।

तीन दिन सम्म चलेको तालिममा प्रशिक्षकले प्रशिक्षार्थीहरुलाई कुखुरा पालन सम्बन्धित आधारभुत शिप तथा  प्रविधिको  बारेमा तालिम  प्रदान गरेका थिए तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियोतालिममा कुखुराको खोर निर्माण, तापक्रम व्यवस्थापन, भ्याक्सिनको सहि प्रयोग, खुवाउनु पर्ने दानाको मात्रा, रोग र उपचार लगायतका विषयमा अवगत गराईएको आयोजकले जानकारी गराएको छ ।

 तालिम  समापन सत्रलाई प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले  तालिमलाई तालिमको रुपमा नलिई ब्यवाहारिक रुपमा प्रयोग गर्न आग्रह गरेका थिए। उनले समूहमा कुखुरा पालन गर्न समेत अनुरोध गरेका थिए  ।कार्यक्रममा वोल्ने वक्ताहरुले सिपलाई मर्यादित  र फलदायी वनाउनुपर्ने  जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।