हामी गर्छौ महिला समुह द्वारा आयोजित १ महिने सिलाइ कटाई बिशेष कक्षा (बुटिक तालिम) सम्पन्न
कपन अनलाइन
काठमाडौँ, माघ १४ ।गोकर्णेश्वर नगरपालिका वडा नं ७ को आर्थिक सहयोग तथा हामी गर्छौ महिला समुहको आयोजनामा संचालित १ महिने सिलाइ कटाई बिशेष कक्षा (बुटिक तालिम) सम्पन्न भएको छ। आज गोकर्णेश्वर नगरपालिका वडा नं ७ स्थित एम्मी फुडल्याण्ड दक्षिणढोकामा एक कार्यक्रमका बीच उक्त तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।
हामी गर्छौ महिला समुहको अध्यक्ष सोभा दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल रहेकी थिइन भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ७का वडा अध्यक्ष केशब गुरुङ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख टंक नाथ घिमिरे, सामाजिक बिकास शाखाकी भीमा थापा, वडा सदस्य राजु रानामगर अरुण नेपाल, बिन्दा सापकोटा ,कमला दर्जी, युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा,समाजसेवी दिपेन्द्र गुरुङ लगायत प्रशिक्षक एबम प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । संस्थाकी सदस्य सरस्वती श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रम संचालन संस्थाकी भवानी न्यौपानेले संचालन गरेकी थिइन भने कार्यक्रममा संस्थाकी सदस्य रमा गौतमले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन।
एक महिने सिलाइ कटाई बेशेष कक्षा (बुटिक तालिम)मा ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले नगरपालिकाले महिलाहरुलाई शिप सिकाइ आत्मनिर्भर बनाउनको लागि बिभिन्न तालिम प्रदान गर्दै आएको जानकारी गराएका थिए। शिप सिकेर उद्दमी बन्न समेत नगरपालिकाले प्रेरित गरिरहेको बताउदै बजारीकरणको लागि अनलाइन मार्फत बजारीकरण गर्न पनि सकिने हुँदा त्यसमा नगरपालिकाले सहजीकरण गर्ने बताएका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङले वडामा रहेका बिभिन्न महिला समूहहरुलाई आत्मनिर्भर बनाउनको लागि बिभीन्न शिपमुलक तालिम प्रदान गर्दै आएको जानकारी गराएका थिए। उनले सिकेका शिपलाइ व्यवहारमा उतार्न समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख टंकनाथ घिमिरेले नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि बिभिन्न तालिम प्रदान गर्दै आएको र सोको लागि बजेट समेत बिनियोजन गरिरहेको जानकारी गराएका थिए। उनले कतिपय प्रक्रिया नपुर्याउदा भुक्तानीमा समस्या पर्ने बताएका थिए उनले कतिपय कानुनी जटिलताको कारण पनि समस्या पर्ने बताएका थिए। कानुनी जटिलताका कारण कर्मचारीहरुले काम गर्न नसकेको प्रष्ट पार्दै त्यस्ता समस्या न्यूनीकरणका लागि कर्मचारीहरुलाई पनि तालिमको आवश्यकता रहेकोमा जोड दिएका थिएकार्यक्रममा प्रशिक्षकहरुको तर्फ बाट जमुना मगर र सिम्रन श्रेष्ठले शुभकामना मन्तब्य राख्दै सिकेका शिपलाई व्यवहारमा उतार्न अनुरोध गरेकी थिइन ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले हामी गर्छौ महिला समुहले उदाहरणीय कार्य गर्दै आएको बताएकी थिइन । उनले महिलाहरुको क्षमता अभिवृद्धिको लागि धरै कार्यक्रम नगरले गर्दै आएको र उनीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको जानकारी दिएकी थिइन ।उनले महिला संग उप मेयर कार्यक्रम अन्तर्गतपनि महिलाहरुलाई शिपमुलक तालिमको लागि बजेट बिनियोजन गरेको स्मरण गरेकी थिइन ।आम्दानी दिने खालका काममा सामान्य सिपसमेत नभएका कारण महिलाहरु आयआर्जनका काममा लाग्न नसकेकोले उनीहरुलाई सिप विकासको तालिम दिन नगरपालिका लागि परेको उनको भनाई रहेको थियो । ‘यसैलाई ध्यान दिदै नगरभरीका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाका साथ नगरपालिका लागिपरेको जानकारी दिएकी थिइन। उनले आगामी दिनमा पनि महिलाहरुलाइ आत्मनिर्भर बनाउनका लागि बिभिन्न कार्यक्रम ल्याउने बताएकी थिइन। उनले नगरपालिकामा काम भए पनि कति पय अवस्थामा डकुमेन्टेसन नहुदा समस्या पर्ने गरेको बताउदै आगामी दिनमा त्यसमा पनि सहजीकरण गर्ने जानकारी दिएकी थिइन ।
कार्यक्रममा वडा सदस्य बिन्दा सापकोटाले धन्यबाद ज्ञापन गरेकी थिइन् ।अध्यक्षताको आसन बाट बोल्दै हामी गर्छौ महिला समुहकी अध्यक्ष शोभा दाहालले महिलाहरुलाई शिप सिकाइ आत्मनिर्भर बनाउनको लागि संस्थाले बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराएकी थिइन। उनले नगर बाट कार्यक्रम स्वीकृत भइ कार्यक्रम सम्पन्न भए पनि बजेट बेरुजुमा जाँदा परेको समस्याको बारेमा दुखेसो पोखेकी थिइन। उनले महिलाहरुले गरेको राम्रो काममा नगरपालिकाले हौसला प्रेरणा दिनुपर्नेमा बजेटनै बेरुजु हुँदा निकै समस्या भएको जानकारी गराउदै आगामी दिनमा त्यस्ता समस्या हुन नदिन सहजीकरण गरिदिन समेत अनुरोध गर्दै उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन् ।