भोकहडतालमा बस्नुहोस् , बन्द हड्ताल होइन- दिपक राज गिरि
काठमान्डौ । हास्य कलाकार दिपक राज गिरिले नेपाल बन्दको बिरोध गर्दै साँच्चै आन्दोलन गर्ने भए संयुक्त आम भोकहडतालमा बस्न बिपक्षी मोर्चालाइ सुझाव दिएका हून । फेसबुकमा आफ्नो बिचार राख्दै गिरिले उक्त सुझाव दिएका हुन ।
उनले भनेका छन् “मैले आजसम्म बुझ्न सकिनँ । यो नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छ?फेरि ३ दिने आमहडताल रे। सक्नु हुन्छ डा. के.सी जस्तै खान बन्द गर्नूहोस्,साँच्चै आन्दोलन गर्ने भए संयुक्त आमभोकहडतालमा बस्नुहोस्, नत्र तपाइहरूको यो ३ दिने हडतालले कति मजदूरहरू भोकै सूत्न बाध्य हुनेछन्। संविधान निर्माण गर्न नसक्ने नि तपाइँहरू बन्द , हड़ताल गरेर निमुखाहरूलाई भोक हड्तालमा धकेल्ने नि तपाईहरू?
तपाइँको प्रतिक्रिया ।