मेलम्ची नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान,चार स्थानीय तह लाभान्वित
कपन अनलाइन
काठमाण्डौ ,माघ १०।
मेलम्ची नगर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टमा आईतवारवाट अक्सिजन उद्पादन सुरु भएकाे छ ।मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले साे प्लान्टवाट अक्सिजन उद्पादन सुरु भएकाे प्लान्टकाे अनुगमन गरेका थिए ।
साे प्लान्ट मेलम्ची नगरपालिका, संसद विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामजिक उत्थान कार्यक्रम सञ्चालक समितिकाे सहयोगमा जडान गरिएको साे प्लान्टले दैनिक ४८ सिलिण्डर अक्सिजन उत्पादन सुरु गरेकाे छ ।
मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले दैनिक ४८ सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजनको अभाव सिर्जना नहुनेसमेत दावि गरेका थिए ।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको बताएका छन ।
९५ लाख लगानीमा भवन सहित निमार्ण भएको साे प्लान्ट प्लान्ट स्थापना भएसँगै मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी, इन्द्रावती गाउँपालिकाकाे नागरिकलाई सहज हुने नगरपालिकाका जनस्वास्थ्य प्रमुख ज्ञानेन्द्र घोरसैनीले जानकारी दिएका छन।