बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जोरपाटीबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जोरपाटीबाट पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,पौष ३०।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जोरपाटी बस्ने खोटाङ कपिलासगढी गाउँपालिका-९ स्थायी वतन भएका ३२ वर्षीय प्रकाश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भइ उच्च अदालत पाटन ललितपुरबाट गत कात्तिक १० गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जोरपाटीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।