टोखा नगरपालिका वडा नं ६ को लाखेडाँडा पार्क उदघाटन

टोखा नगरपालिका वडा नं  ६ को लाखेडाँडा पार्क उदघाटन

कपन अनलाइन

काठमाण्डौ ,पौष ३० ।

टोखा नगरपालिका वडा नं ६ को लाखेडाँडा पार्क उदघाटन गरिएको छ ।

टोखा नगरपालिका वडा नम्बर ६ स्थीत लाखेडाँडा पार्कको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले उद्घाटन गरेका हुन्  ।

करिब ५ रोपनी क्षेत्रफलमा पार्क फैलिएको सो पार्क  कुल ४० लाख रुपैयाँ लागतमा निर्माण भएको  हो। तिनै तहको सरकारको सहयोग ,स्थानिय निकाय र समितीको समन्वयमा निर्माण गरिएको उक्त पार्क उद्घाटनमा बागमती प्रदेश सभा सदस्य दीपाक निरौला, टोखा नगरपालिका प्रमूख प्रकाश अधिकारी, जनप्रतिनिधि लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाको भौतिक पूर्वाधार तथा विकास निर्माणलाई पहिलो प्राथमिकता दिदै जनताको माझ गरेको वाचा पूरा गरेको र आफुले गरेको कार्यप्रति खुसि रहेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताएका थिए  ।

उनबले आफूले आफ्नो पार्टीको घोषणपत्र अनुसार सार्वजनिक जग्गा संरक्षणलाई महत्त्वमा राख्दै सार्वजनिक जग्गाहरुको डिपिआर तयार पारी प्रदेश केन्द्र सरकार सँग सहकार्य गर्दै टोखा नगरपालिका भरिनै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुनेगरी कार्य गरेको जानकारी दिएका थिए। 

तपाइँको प्रतिक्रिया ।