गोकर्णेश्वर युवा उपकार क्लबको ३२औं बार्षिकउत्सब तथा टेबल टेनिस प्रतियोगिता उद्घाटन

गोकर्णेश्वर युवा उपकार क्लबको  ३२औं बार्षिकउत्सब तथा टेबल टेनिस प्रतियोगिता उद्घाटन

कपन अनलाइन

काठमाडौँ, पौष २२। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले आफ्नो ३२ औ बार्षिक उत्सबको   अवसरमा आयोजित  क्लब सदस्यहरु बिचको टेबलटेनिस प्रतियोगिता उद्घाटन गर्नुको साथै   चियापान एबम शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार  बिहान आफ्नै क्लबको भवनमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियारले  गरेका थिए ।कार्यक्रममा प्रमुख  अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एबम गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार श्रीकुमार श्रेष्ठ  रहेका थिए भने बिशेष अतिथिहरुमा   गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार हरि कृष्ण श्रेष्ठ , गोबिन्द बहादुर श्रेष्ठ क्लबका सल्लाहकार राजकुमार श्रेष्ठ , राजकृष्ण श्रेष्ठ गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य बाल कृष्ण श्रेष्ठ  लगायत पुर्व अध्यक्षहरु बिजय कुमार श्रेष्ठ , विजय कर्माचार्य, प्रेम कुमार श्रेष्ठ  लगायत क्लबका आजीवन सदस्य अन्य पदाधिकारीहरुको  उपस्थित रहेका थिए । कार्यक्रम संचालन श्याम कृष्ण श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ  अनिलले स्वगत मन्तब्य राखेको कार्यक्रममा क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ , गोबिन्द बहादुर श्रेष्ठ कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले शुभकामना मन्तब्य राख्दै  २०४६ साल पौष २१ गते बाट सुरु भएको आफ्नो ३१  बर्ष पार गरेर ३१  बर्षमा प्रवेश गरेको अवसरमा  क्लबको उन्नति प्रगति चाहने समाजको भलाइ चहाने र आमुल रुपमा  समाजको परिबर्तनको लागि  विभिन्न काल खण्डमा नेतृत्व गर्ने  सबैलाई हार्दिक बधाई का साथ् उच्च सम्मान ब्यक्त गरेका थिए ।साथै   अहिले भएको कार्यसमितिले अझै बहु आयामिक ढंगले काम गर्न सकोस भन्दै शुभकामान समेत दिएका थिए।  क्लबलाई गोकर्णेश्वर क्षेत्रमामात्र  सिमित नराखी  प्रदेश केन्द्र सम्म पुर्याउने खालका कार्यक्रम गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा केक समेत काटिएको थियो  भने गोकर्णेश्वर युवा जागरण क्लब मार्फत  पालुंगमा फुटबल खेल्न जाने खेलाडीहरुको लागि रु दश हजार समेत प्रदान गरिएको थियो।अध्यक्षताको आसन बाट बोल्दै क्लबका अध्यक्ष कमल परियारले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

वार्षिकोत्सवको अवसरमा आयोजित टेबल टेनिस प्रतियोगिताको लागि कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले  खेल सामग्री हस्तान्तरण समेत गरेका थिए। टेबल टेनिस प्रतियोगिताको उद्घाटन   खेल कमल परियार र अशोक बस्नेतको जोडी   संग राजेश श्रेष्ठ र राम शरण श्रेष्ठको जोडी बीच भएको थियो। उक्त खेलमा कमल परियार र अशोक बस्नेतको जोडीले राजेश श्रेष्ठ र राम शरण श्रेष्ठको जोडीलाई २१-१३ र २१-१२ अङ्कका साथ पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ। खेल पौष २४ गते सम्म चल्ने आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।