लायन्स क्लब अफ काठमाडौं डाँफेले नियमित रक्तदान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौं, पौष १२ ।सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले नियमित रक्तदान कार्यक्रम गर्ने भएको छ। रक्तदान जीवनदान, रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मूल नाराको साथमा पौष १७ गते शनिबार बिहान १० बजे देखि २ बजे सम्म चामुण्डा माबी परिसर नारायणटारमा संचालन हुने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्न लायन्स क्लब अफ काठमाडौं डाँफेका प्रेसिडेन्ट बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ मार्फत सबैलाई अनुरोध गरेका छन । लायन्स क्लबले प्रत्येक तीन तीन महिनाको अन्तरलमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया ।