नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अम्बिका बस्नेत निर्वाचित
कपन अनलाइन
काठमाडौं, पौष ७ ।नेपाली कांग्रेसको चौधौ महाधिबेसन अन्तर्गत नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको केन्द्रीय सदस्यमा महिला खुल्ला तर्फ बाट पुर्व सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत निर्वाचित भएकी छिन। बस्नेत कुल २ हजार३ सय ३९ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
२००७ मा काठमाडौं जिल्ला का.म.पा–६ मा पिता शिवध्वज बस्नेत र माता कपिल कुमारी बस्नेतको कोख बाट जन्मिएकी बस्नेत पटकपटक राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताएकी थिइन । बस्नेतमा नोना कोइराला नेतृत्वमा रहेको महिला विभागमा समेत बसेर काम गरिसकेको अनुभव रहेको छ भने यो भन्दा पहिला पनि केन्द्रीय सदस्यमा रहेर काम गरिसकेको अनुभब रहेको छ। अर्थशास्त्रमा स्नातक तह तहसम्मको अध्ययन गरेकी छिन ।नेपाली कांग्रेसको राजनीतिमा २०४६ साल बाट सक्रिय रहेकी बस्नेत नेपाली कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन ।