को को बने नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यहरु ?

को को बने नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यहरु  ?

कपन अनलाइन

काठमाण्डौ ,पौष ५।

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना सम्पन्न भएको छ । खुला केन्द्रीय सदस्यतर्फ ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता केशव रिजालका अनुसार मतगणना भर्खरै सम्पन्न भएको हो ।

कांग्रेस खुलातर्फ छानिने ३५ जना केन्द्रीय सदस्यमध्ये सशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएर विजय प्राप्त गरेका छन्। त्यस्तै  एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीले पनि खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा भारी मतका साथ विजय हासिल गरेका छन्।

त्यसैगरी शंकर भण्डारी, जिप छिरिङ शेर्पा, अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापाले पनि केन्द्रीय सदस्यमा जित हात पारेका छन्। त्यस्तै डा. रामशरण महत, प्रा डा गाेविन्दराज पाेखरेल, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, सञ्जयकुमार गौतम, प्रा डा गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझीलगायतले पनि केन्द्रीय सदस्यमा जित हात पारेका छन्।

त्यस्तै गरी  अजयबाबु शिवाकाेटी गणेश लामा  युवा नेताहरू नैनसिंह महर, कुन्दनराज काफ्ले, राजीव ढुङ्गाना, जीतजंग बस्नेत पनि केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।