कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं मङ्सिर १८। कागेश्वरी मनोहरा नगरपालिकाको समीक्षा तथा नगर सभा सम्पन्न भएको छ । मंसिर १५ गते बुधबारबाट शुरु भएको सो नगर सभा शुक्रबार सम्पन्न भएको हो ।

थलिमा आयोजित कागेश्वरी मनोहरा नगरपलिकाको समिक्षा एबम नगर सभाको अध्यक्षता नगर प्रमुख एवम् नगर सभाका अध्यक्ष कृष्णहरि थापाले गरेका थिए भने कार्यक्रम संचालन नगर प्रब्क्ता राजाराम पुडासैनीले गरेका थिए । नगर सभालाई संबोधन गर्दै नगर प्रमुख थापाले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, शहरीकरण व्यवस्थापन, भवन निर्माण, संस्कृति तथा सम्पदा संरक्षण, फोहोरमैला व्यवस्थापन, कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, कृषिको आधुनिकीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताएका थिए ।

नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिकाले उल्लेखनीय र नगरबासीमैत्री कार्य गरेको बताउदै नगर प्रमुख थापाले आफू निर्वाचित भएदेखी नगरको विकास र समृद्धिका लागि अहोरात्र लागिपरेको बताएका थिए ।

कागेश्वरी मनोहरा नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि नगरपालिकामा एक सय बेड क्षमताको अस्पताल निर्माणका लागि आफूले पहल गरिरहेको बताउदै थापाले नगरबासीहरुलाई नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी रुपले प्रदान गरिरहेको जानकारी गराएका थिए।

उनले नगरका वडा वडामा भएका टोल टोलमा पुगेर विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरी टोलको विकासका सम्बन्धमा टोलबासी नगरबासीहरुसंग छलफल गरिरहेको र सो काम प्रभावकारी भएको उल्लेख गरे। कागेश्वरी मनोहरा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने गरी नगरपालिकाले कार्य गरिरहेको बताउदै नगर थापाले निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धताहरु पुरा हुँदै गएको बताए ।

नगर सभामा नगर प्रमुख थापा लगायत जनप्रतिनिधिहरुले नगरपालिकाले बिना कुनै भेदभाव नगरको विकास र समृद्धिका लागि कुनै स्वार्थ नलगी कार्य गरेका कारण नगरको विकास सबै स्थानीय तहको लागि अनुकरणीय भएको उल्लेख गरे। नगर सभाका सचिव एवम् कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवालीले नगरपालिकाले अहोरात्र खटेर नगरको विकास र समृद्धिका लागि कार्य गरेको बताउदै नगरपालिका र नगरपालिका मातहतका कार्यालयहरुबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको जानकारी गराए । नगर सभामा नगर प्रवक्ता राजाराम पुडासैनीले नगर सभाले आर्थिक, लेखा, कर्मचारी, नगर प्रहरी संग सम्बन्धित विभिन्न ऐन कानूनहरु पारित गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुन्दन खड्का, ६ का वडा अध्यक्ष प्रकाश फुयाँल, ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, २ का वडा अध्यक्ष सुदर्शन धिमाल, नगर कार्यपालिका सदस्यहरु मथुरा चापागाई, कमला दाहाल, नगर सदस्यहरु डोलनाथ पोखरेल, कपिल खनाल र सुन कुमार नगरकोटी लगायतले नगरको समग्र विकास र समृद्धिका लागि भएका कार्यहरुको प्रशंशा गर्दै आगामी दिनमा पनि नगरपालिकाका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नगर सभाको पहिलो दिन कागेश्वरी मनोहरा नगरपालिकाका ईन्जिनियर सन्देश ढकालले नगरपालिकामा चालु आर्थिक बर्षमा भएका कामहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए । नगर सभामा नगरपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरुको समग्र अवस्थाका सम्बन्धमा छलफल भएको थियो ।

नगर सभामा कागेश्वरी मनोहरा नगरपालिकाका सल्लाहकार भरत फुयाँल, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य कृष्ण लम्साल, वडा नं. ७ का वडा अध्यक्ष जीवन थापा, वडा नं.३ का वडा अध्यक्ष राममणी पुडासैनी, नगर सदस्यहरु सहदेव कार्की, अष्टलाल श्रेष्ठ, लक्ष्मण पुरी लगायत वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।