राजधानीको बिजुलीबजारमा पूर्वसैनिकको हत्या

राजधानीको बिजुलीबजारमा पूर्वसैनिकको हत्या

काठमाडौं, ९ चैत । राजधानीको बिजुलीबजारमा एक पूर्वसैनिक मृत अवस्था फेला परेका छन् ।
विजुलीबजार स्थित नेपाली सेनाका अवकाशप्राप्त सुबेदारको शव हत्या गरेर नदी किनारमा फालिएको अवस्थामा फेला परेको हो ।

sena-murder

बिजुलीबजारको पुल नजिक सोमबार सबेरै दाङ घर भइ काठमाडौंमा डेरा गरी बस्ने नेपाली सेनाका अवकाशप्राप्त सुबेदार द्रोणबहादुर सेनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोलामा फालिएको सेनको शव घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।
सेनलाई राति कसैले मारेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक सेनको टाउकोमा चोट लागेको देखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।