सांसद गगन थापाका “दाजु” राजु थापालाई काठमाण्डौ क्षेत्र नं ४ मा सर्वाधिक मत
कपन अनलाइन
काठमाण्डौ,मंगसिर ८।
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाका “दाजु”राजु थापाले महाधिवेसन प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरेका छन।
सांसद थापाका ठुलोवुवा पार्थराज थापाका छोरा राजु थापाले काठमाण्डौ क्षेत्र नं ४ मा भएको महाधिवेसन प्रतिनिधि छनोटको निर्वाचनमा २१५ मत प्राप्त गरेका थिए।
धेरै प्रभावशाली नेताहरु महाधिवेसन प्रतिनिधिमा पराजित भएको बेलामा धेरै चर्चित नेताहरुलाई पछि पार्दै सर्वाधिक मत ल्याएका नातामा सांसद थापाका दाजु थापाले २०५३ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सदस्य हुदै राजनीतिक जीवन सुरु गरेका थिए।
हाल काठमाण्डौ महानगरपालिका वडा नं ३० मा क्रियाशील रहेका थापा २०५७ सालमा नेवी संघको महाधिवेसन प्रतिनिधि रहेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ मा रहेर सांसद थापालाई सहयोग र राजनीतिक संयोजन गरिरहेका थापाले २०७४ सालको निर्वाचनमा पनि निर्वाचन परिचालनको संयोजन गरेका थिए।
नेपाली कांग्रेसको १४ औ महाधिवेसन अन्तर्गत भएका वडा,नगर,प्रदेस क्षेत्र र क्षेत्रीय अधिवेसनको तयारी,संयोजन र जनपरिचालनलाई नजिकबाट समन्वय गरेका थापाले क्षेत्रीय प्रतिनिधिहरुको मत पाएको प्रदेस क्षेत्र (ख ) का सचिव मनोज सिग्देलले बताएका छन।