कार्तिक २९ गते बुढानिलकण्ठ नगरपालिकामा स्थानीय विदा

कार्तिक २९ गते बुढानिलकण्ठ नगरपालिकामा स्थानीय विदा

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २७।

कार्तिक २९ गते बुढानिलकण्ठ नगरपालिकामा स्थानीय विदा हुने भएको छ । कार्तिक २६ गते बसेको बुढानिलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधनी एकादसीको दिन स्थानीय विदा दिने निर्णय गरेको हो।

विगतका २ वर्ष कोरोना प्रकोपका कारण रोकिएको बुढानिलकण्ठ मेला यस वर्ष हुने भएपछी सो दिन स्थानीय विदा गर्ने निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ।

काठमाण्डौ उपत्यकाका चार नारायण दर्शन गरेर हजारौ भक्तजनहरु हरिबोधनी एकादसीका दिन बुढानिलकण्ठ दर्शन गर्न आउने गर्दछ।

 

 

तपाइँको प्रतिक्रिया ।