काठमाण्डौ क्षेत्र नं ४ मा युवाहरुको भूमिका र स्थान आवस्यक छ : कृष्ण भट्टराई

काठमाण्डौ क्षेत्र नं ४ मा युवाहरुको भूमिका र स्थान आवस्यक छ : कृष्ण भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष कृष्ण भट्टराईले काठमाण्डौ क्षेत्र नं ४ मा युवाहरुको भूमिका र स्थान आवस्यक रहेको बताएका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको प्रथम बैठकमा बोल्दै भट्टराईले कार्तिक २७ गते हुने महाधिवेसन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्दै क्षेत्र नं ४ को राजनीतिमा युवाहरुको भूमिकालाई प्रभावकारी बनाउन उचित स्थान र भूमिका दिन नेतृत्व समक्ष माग गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ का १२ वटै वडाहरुमा नयाँ जोश र उर्जा भर्दै आगामी तिन तहको निर्वाचन तयारीमा लाग्नुपर्ने विचार व्यक्त गर्दै उनले आम कार्यकर्ता ,समर्थक र शुभचिन्तकहरुको आवाज सुनिदिनका लागि नेतृत्व समक्ष आग्रह समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।