सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना, ३५ घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना, ३५ घाइते

कपन अनलाइन

काठमाडौँ असोज ३१।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ आउदै  गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाघु जिरी सडक खण्ड को ६ किलो नजिकै दुर्घटना भएको छ। बसमा सवार रहेका ३५ घाइते भएका छन जसमा २ जनाको अबस्था गम्भीर रहेको र थप उपचारको लागि घाइतेहरु लाइ धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अन्य घाइतेहरुको खाडिचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भईरहेको र सबैको अवस्था सामान्य रहेको छ ।ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।फोटो सौजन्य : दिनेश थापाको सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।