नेकपा एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको शुभकामना आदानप्रदान

नेकपा एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको शुभकामना आदानप्रदान

कपन अनलाइन

काठमाण्डौ ,असोज २२ ।

नेकपा एमाले ओखलढुंगा – काठमाडौं सम्पर्क मंचको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रहेका थिए।

जिल्लाका ८ स्थानीय तह र ७५ वडाबाट काठमाडौं आएर बसोवास गर्दै आएका ओखलढुंगावासीहरुको बृहत भेलामा केन्द्रीय सदस्य तथा ओखलढुंगा इन्चार्ज यज्ञराज सुनुवार,केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज किशोर अधिकारी, प्रदेश -१ कमिटी सदस्य बालकृष्ण ढुंगेल,पुर्वमन्त्री तथा प्रदेश कमिटी सदस्य अम्बिरबाबू गुरुङ,संविधान सभा सदस्य सकुन्तला राजभन्डारी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।