निमिशा र शुभाङ्गी जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा

निमिशा र शुभाङ्गी जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।
यु–१० गल्र्स सिंगल्समा आयुशा जिसीले मालाश्री सिंहलाई ६–० र ६–० को सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा आयुशाको भेट शिभाली गुरुङसंग हुने छ । शिवाली वाइ पाउदै फाइनल पुगेकी हुन् ।
यु–९ गल्र्स सिंगल्समा आयुशा जिसीले निश्भीरत्न गोर्खालीलाई ४–० र ४–०, आयुश्रीहजुर घलेले सारा पन्तलाई ५–३, २–४ र ११–९, अनुश्री ध्वजुले जोया जोशीलाई ४–० र ४–२ तथा मेरिशा थापाले मालाश्री सिंहलाई ४–० र ५–३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । यु–१४ गल्र्स सिंगल्समा प्राज्ना मानन्धर, समृद्धि महर्जन, जेनी खड्का, कृषा अधिकारी र कर्मिस्था श्रेष्ठ आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै क्वाटरफाइनलमा पुगे । सुनिरा थापा, आध्या पौडेल र प्रशंसा मोक्तान पनि वाइ पाएर क्वाटरफाइनलमा पुगे ।
यु–९ ब्वाइज सिंगल्स साम्खाहाङ राईले आर्यनराज पौडेललाई ४–१ र ४–० तथा सन्जोग ब्लोनले विश्वविशेष दल्लाकोटीलाई ४–१, १–४ र १०–८ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । यु–१० ब्वाइज सिंगल्समा बृजेश अर्यालले सिद्धान्त प्रधानलाई ६–० र ६–०, आद्रित नेपालले असभसम्राट हाडालाई ६–४ र ६–१, साश्वत वज्राचार्यले स्पर्श तिमल्सिनालाई ६–४ र ६–३ तथा अबिर श्रीवास्तवले आभाषनाथ श्रेष्ठलाई ६–० र ६–० को सीधा सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । शनिबार सम्पन्न हुने १४ स्पर्धा समावेश प्रतियोगितामा १ सय २५ खेलाडी सहभागी छन् ।
तपाइँको प्रतिक्रिया ।