नेकपा एमाले बुढानिलकण्ठ – ११ ले शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौं असोज १८ । नेपाल कम्युनिष्ट पार्टी एमाले बुढानिलकण्ठ नगरपालिका ११ नं वडा कमिटीले शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। असोज २६ गते फूलपातीको दिन बंगलामुखी मन्दिर परिसर कपनमा बिहान ७:३० बजे देखि शुरु हुने उक्त कार्यक्रममा सहभागी हुनको लागि वडा अध्यक्ष एबम नगर कमिटि सदस्य राजु अधिकारीले अनुरोध गरेका छन ।
२०७८ सालको बिजया दशमी शुभदिपावली, नेपाल संवत -११४२ छठ लगायत चाडपर्वको अव्सार पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको नेपाल कम्युनिष्ट पार्टी एमाले बुढानिलकण्ठ नगरपालिका ११ नं वडा कमिटीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले कपन अनलाइनलाइ जानकारी गराए।
तपाइँको प्रतिक्रिया ।