कृषकहरुलाई लागि एक दिने अभिमुखीकरण तालिम सम्पन्न

कृषकहरुलाई  लागि एक दिने अभिमुखीकरण तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असोज ११।  प्राकृतिक कृषि सहकारी संस्था लि एक दिने पशुआहारा तालिम तथा लिटर अनुदान वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । चन्द्रागिरि दाना उद्योगकाे प्रायाेजनमा ” कृषक र कृषि क्षेत्रकाे सम्मान समुन्नत नेपालीको पहिचान ” भन्ने नाराका साथ ललितपुर स्थित गाेदावरी नगरपालिका ९ टिकाभैरवमा एक दिने कार्यक्रम सम्पन्न गरेकाे हाे । कृषि सहकारीले आर्थिक वर्ष २०७६/७७ मा दुध बेच्ने किसानहरूलाई लिटरमा २ रूपयाँका दरले १७ दिनकाे रकम प्रदान गरिएकाे संस्थाका अध्यक्ष कृष्ण तिमल्सिनाले बताए । अध्यक्ष तिमल्सिनाका अनुसार संस्थाले कृर्षकहरू लाई कृर्षक भत्ता सरहको थप उर्जा प्रदान गर्नका लागि उत्पादन वृद्धि गर्न थप प्राेत्सान गर्दै कृषिलाई व्यवसाय बनाउन लागि रहेकाे जानकारी दिए ।

किसानलाई राज्यबाट उपलब्ध अनुदान गुणस्तरीय दाना,पशु आहारा,पशुपालन व्यवसायमा प्राविधिक व्यवस्थापन ,कृर्षकहरूका लागि पशुपन्छी तथा बालीनालीका लागि दाना मल विउविजन,विरूवा वितरण लगायतका काम गर्दै आईरहेकाे छ । उक्त अवसरमा चन्द्रागिरि दाना उद्योगकाे सहयाेगमा पशु आहार सम्बन्धि १ दिने तालिम समेत सञ्चालन गरिएकाे चन्द्रागिरि दान उद्योका सञ्चालक धर्मराज दानीले बताए ।

चन्द्रागिरि दान उद्योगका अर्का सञ्चालक मनहरी बलामीले २५ जना कृर्षकलाई ३० केजीका दरले चन्द्रागिरि दानाले तयार पारेकाे शुभ मिठास दाना  समेत वितरण गरेकाे बताए । चन्द्रागिरि दाना उद्योगकाे पशु चिकित्सक सहितकाे टाेलीले पशुअाहार सम्बन्धि अभिमुखी तालिम समेत प्रदान गरिएकाे छ । उक्त अवसरमा पशुपन्छीलाई आवश्यक औषधीहरू मिनरलस,भिटामिन समेत चन्द्रागिरि दानले उपलब्ध गराएकाे थियाे ।

तपाइँको प्रतिक्रिया ।