नेपाली कांग्रेस लिखु गाउँपालिकाको सभापतिमा कुमारराज सुवेदी, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ,असोज १२।

नेपाली कांग्रेस लिखु गाउँपालिका इकाई समिती ओखलढुंगाको सभापतिमा कुमारराज सुवेदी निर्वाचित भएका छन। गाउँ पालिकामा भएको अधिवेसनले सुवेदीलाई सभापतिमा निर्वाचित गरेको हो।

सो अधिवेसनबाट उपसभापतिमा मेघ बहादुर कार्की र जित बहादुर रोक्का निर्वाचित भएका छन भने सचिवमा गोपाल खड्का र रमेश कुमार घिमिरे निर्वाचित भएका छन।

त्यस्तै  कोषाध्यक्षमा निल कमल भट्टराई तथा सहसचिवमा मोहन कार्की र कमला कार्की निर्वाचित भएको अधिवेसन बाट  निरु खत्री, चिनादेबी बुढाथोकी, रामकुमारी श्रेष्ठ,शान्ता खड्का (कार्की ),प्रेमकुमारी दाहाल , गोमा बुढाथोकी, सीता अधिकारी, रममाया तामाङ,अलैंची बस्नेत लगायत सदस्यमा निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।