दशैं लक्षित अग्रिम टिकट बुकिङ शुरु , अनलाईनबाट पनि काट्न सकिने

कपन अनलाइन

काठमाण्डौ ,असोज ११।

सरकारले आज (सोमबार) देखि काठमाडौं उपत्यकाबाट दशैंमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । हिजो (आइतबार) आज सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिने छ ।

विभागका अनुसार कोरोना महामारी र स्वास्थ्य मापद्धण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बस छुट्ने छन् । पश्चिममा चल्ने सवारीको टिकट नयाँ बसपार्कबाट काट्न सकिने छ । पूर्वमा चल्ने सवारी साधनका लागि कोटेश्वर, चाबहिलबाट टिकट काट्न सकिने छ।

तपाइँको प्रतिक्रिया ।