बंगलादेशका रूबेललाई खुसी हुने मौका, राम्रो खेलेपछि बलात्कार मुद्धा फिर्ता

बंगलादेशका रूबेललाई खुसी हुने मौका, राम्रो खेलेपछि बलात्कार मुद्धा फिर्ता

काठमाडौ, २७ फागुन(एजेन्सी) : बेलायतमाथी एतिहासिक जीत हासिल गर्नका लागि मुख्य भूमिका निभाएका रूबेल हसनले खुसीको खबर प्राप्त गरेका छन् । उनी उक्त खबर पाएपछि निकै खुसी र उत्साहित देखिएका छन् ।rubel-hossain-and-najnin

उनीविरूद्ध दर्ता गरिएको बलात्कारको आरोपको मुद्धा बंगलादेशी नायीकाले फिर्ता लिने फैसला गरेपछि उनले खुसी हुने मौका पाएका हुन् । १९ वर्षीय नाजनीन अख्तर ह्याप्पीले मंगलबार रूबेल विरूद्धको आरोप फिर्ता लिन्छु भनेकी थिइन् ।

नाजनिनले यो वर्षको सुरूवातमा रूबेलमाथी बलात्कारको आरोप लगाएकी थिइन् । ती नायीकाले २५ वर्षीय क्रिकेटर रूबेलले शारीरिक सम्पर्कका क्रममा विवाह गर्ने बचन दिएका थिए । तर, रूबेलले उक्त बचन पुरा गरेका थिएनन् ।

उक्त आरोप पछि रूबेलको विश्वकपमा भाग लिने विषयमा पनि संकट पैदा भएको थियो । किनकी ढाकाको अदालतले उनलाई पक्राउ गरेको थियो । तर, पछि राष्ट्रिय हितलाई हेरेर उनलाई विश्वकपको अन्त्यसम्म जमानत दिइएको थियो । उनी विश्वकपमा बंगलादेशका प्रमुख सदस्य थिए ।

नाजनिनले आफ्नो पूर्व मित्रलाई माफी गर्ने फैसला गरेकी छन् । उनले भनेकी छिन्, ‘मैले उसलाई माफ गरिदिए । म ऊ विरूद्धको घटनालाई जारी राख्दिन । म ऊ विरूद्ध कुनै बयान दिनेछैन् । म यस घटनालाई अगाडि बढाउँदिन, जसले यस घटनाबारे कुनै विवाद हुने छैन् ।’

तपाइँको प्रतिक्रिया ।