नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा विकेश श्रेष्ठको तयारी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा विकेश श्रेष्ठको तयारी

कपन अनलाइन

काठमाडौँ, असोज ३। नेपाली कांग्रेस काठमाण्डौ -३ मा क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। वडा अधिवेसन आउन दुई दिन बाकि हुँदा अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यम बाट भटाभट दावी प्रस्तुत गरिरहेका छन।वडा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ३ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त देखिएका छन्।  नेपाली कांग्रेसका युवा नेता  विकेश श्रेष्ठले पनि गोकर्णेश्वर  नगरपालिका वडा नं ४ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने इच्छा ब्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन  ।

गोकर्णेश्वर नगरपालिका वडा न ४ किसिगाल निवासी श्रेष्ठले आसन्न अधिवेसनमा नेपाली कांग्रेस गोकर्णेश्वर  वडा नं ४ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेका हुन।२०७२ शालको भूकम्प र  लगायत बिभिन्न बिपत समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गरेका  श्रेष्ठ नेपाल तरुण दल साबिक वडा नं  ११ का इकाई सभापति भएर काम  गरि अनुभब हासिल गरेका छन भने युवा जागरण क्लबका अध्यक्ष भएर बिभिन्न सामाजिक कार्य गर्दै आएका छन  । खेलकुदको विकास,  संस्कृति सम्बर्धन लगायत युवाहरुको पक्षमा काम गर्दै आएका श्रेष्ठले नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको बताएका छन।

नेपाली कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्ने बताउदै उनले सबै मतदाता क्रियाशील सदस्यहरुलाई सहयोगका लागि आग्रह गरेका छन।लामो समय देखि समाजसेवा र परोपकारी कार्यमा सक्रिय रहेका  श्रेष्ठले पार्टीलाई विधि पद्धतिमा चलाउन सबैलाई मिलाएर अगाडी बढ्ने स्पष्ट दृष्टिकोणका साथ आफू प्रतिश्पर्धामा रहेको बताउँदै सहयोगका लागि आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।