कलाकार रमेश केसी मट्टारेको हृदयघातका कारण तारकेश्वरको एक स्टुडियोमा निधन

कलाकार रमेश केसी मट्टारेको हृदयघातका कारण तारकेश्वरको एक स्टुडियोमा   निधन

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

कलाकार रमेश केसी मट्टारेको हृदयघातका कारण निधन भएको छ । सुटिङका क्रममा अचानक ढलेका उनलाई गंगालाल हृदयरोग केन्द्र पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए ।

आइतबार बिहान ‘हर्के हवल्दार’ टिमको एउटा म्युजिक भिडिओ सुटिङ लागि उनी छन्दे स्टुडियो पुगेका थिए । तारकेश्वर नगरपालिका–६ महाँकालमा रहेको स्टुडियोमा पुगेको केही समयपछि उनी एक्कासी बेहोस भएर ढलेको एक कलाकारले बताए । त्यसपछि उनलाई तुरुन्त गंगालाल अस्पताल पुगे पनि ज्यान जोगिन सकेन ।

तपाइँको प्रतिक्रिया ।