आफ्नो टोल सफा गर्दै निलबाराही टोल सुधार समितिले संविधान दिवस मनायो

आफ्नो टोल सफा गर्दै निलबाराही टोल सुधार समितिले संविधान दिवस मनायो

कपन अनलाइन

काठमाण्डौ ,असोज ३ /शिरिष पौडेल

बुढानिलकण्ठ नगरपालिका वडा नं २ स्थित निलबाराही टोल बिकास समितिले आफ्नो टोल सरसफाइ गर्दै संविधान दिवस मनाएको छ । संविधान दिवसको अवसर पारेर यस समितिले आफ्नो टोल वरिपरि रहेको अनावश्यक झार उखेल्दै , प्लास्टिक जन्य फोहोरहरु सफा गर्दै र बाटोमा रहेको खाल्डोहरु पुर्दै आफ्नो टोल सफा गरेर मनाएको हो ।

उक्त सरसफाइ कार्यक्रम यस समितिका अध्यक्ष शंकर विमलीको संयजकत्वमा यस टोल सुधार समितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

यस समितिले नियमित रुपमा आफ्नो टोल छिमेक सफा राख्नका लागी फोहोर व्यवस्थापन गर्ने , डस्टबिन राख्ने ,सरसफाइ गर्ने जस्ता विभिन्न गतिविधि गरिरहेको यस समितिका सह-सचिव दिल पहरीले बताए ।

सरसफाइ कुनै दिवस विशेष मात्र गरेर नहुने भएकाले आ-आफन्नो घर अगाडि आफैँले नियमित रुपमा सारसफाइ गरिरहनुपर्ने र निलबाराही टोल बिकास समितिले आफ्नो टोल सफा राख्न आउने दिनहरुमा पनि विभिन्न गतिविधि अघि बढाउने अध्यक्ष विमलीले प्रतिवद्दता जनाए । बुढानिलकण्ठ नगरपालिका वडा नं २ स्थित निलबाराहि टोल विकास समितिले लामो समय देखि आफ्नो टोल बिकासका निम्ति विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।