अन्दाजी तिन किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न चारजना बुढानिलकण्ठ-१३ गाम्चाबाट पक्राउ

अन्दाजी तिन किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न चारजना बुढानिलकण्ठ-१३ गाम्चाबाट पक्राउ

कपन अनलाइन

काठमाडौँ, असोज १।

अन्दाजी तिन किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार बिहान प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१३  गाम्चाबाट पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका-६ घर भएका ४६ वर्षीय हरि रावत सहित अन्य तिन जनालाई बुढानिलकण्ठ प्रहरीले पक्राउ गरेको छ।

उनि संगै पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका-३ चौकीटोल बस्ने मकवानपुर सिमपानी नगरपालिका-८ घर भएका ३० वर्षीय नवराज सुनुवार र सोही ठाउँ बस्ने २७ वर्षीय बुद्ध राज सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने नुवाकोट काउले घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनार रहेका छन् ।

हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा फेला पारेको हो । थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

तपाइँको प्रतिक्रिया ।