कागेश्वरी मनोहरा नगरपालिकाको ७७ औं नगरकार्यपालिका बैठकका निर्णयहरु
कपन अनलाइन
काठमाडौं, भाद्र २५। कागेश्वरी मनोहरा नगरपालिकाको बुधबार ७७ औं नगर कार्यपालिका बैठक सम्पन्न भएको छ । नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले प्रेस वक्तव्य मार्फत जानकारी गराएका छन ।
निर्णयहरु:
१) नगरपालिका भित्र रहेका सम्पूर्ण महिला दिदि बहिनिहरुलाई हरितालिका तीजको शुभकामना सहित कोभिड संक्रमणलाइ मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गरि आफ्नै घर आगनमा मनाउन अनुरोध ।
२) नगर शिक्षा शाखाले पेश गरेको प्रस्ताव बमोजिम बिद्यालय संचालन सम्बन्धि नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ साल कार्तिक २० मा जारी गरेको बिद्यालय संचालन सम्बन्धि कार्य ढांचा २०७७ अनुसार नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत बिध्यालयहरु २०७८ साल असोज १ गते बाट स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पुरा गरि सामाजिक तथा भौतिक दुरी कायम गर्ने व्यवस्था मिलाई प्रत्यक्ष कक्षा संचालन गर्ने निर्णय गरिएको हुँदा सम्पूर्ण अभिभावक बिध्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरुलाई जानकारी गराउने निणर्य ।
३) यहि २०७८ साल भाद्र २९ गते कागे अष्टमीका दिन नगरपालिकाको प्रसिद्द धार्मिक स्थल कागेश्वरी धाममा मेला लाग्ने भएको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि सामाजिक तथा भौतिक दुरी कायम हुने गरि भिड भाड नगरी नित्य पुजा संचालन गर्ने गराउने र उक्त दिन नगरपालिका मातहत रहेका सम्पूर्ण कार्यालयहरु र बिद्यालयहरु उक्त दिन बिदा दिने ।
४ ) नगरपालिकाको परिचय सह्त्को पालिका गान चयन गर्न नगरपालिका प्रमुख, प्रशासकीय अधिकृत गिरिराज ज्ञवाली संयोजक रहेको समिति गठन गर्ने र सो समितिलाई १५ दिने सार्वजनिक सुचना जारि गरि प्राप्त हुने आउने पालिका गान मध्ये उत्कृष्ट हुने गानलाई रु एक लाख नगद पुरस्कार उपलब्ध गराउने ।
५) नगरपालिका भित्र रहेका शिक्षक दरबन्दी मिलान नभएको हुंदा शिक्षकहरुले प्राप्त गर्ने तलब निकासा रोकिने अवस्था बह्येकोले नगरपालिका भित्रै दरबन्दी मिलानको व्यवस्था गरि काजमा रहेका निमाबी तथा माबी तहका शिक्षकहरुलाइ उक्त बिद्यालयको आवश्यकता अनुसार सोहि बिद्यालयमा दरबन्दी मिलान गर्ने ।
६ ) अपांगता भएको व्यक्तिको अवस्था सहित तथ्यांक र विश्लेषण प्राप्त भएको हुँदा प्रस्तुत प्रतिबेदन बमोजिम नगरपालिका भित्र रहेका अपांगता भएका व्यक्तिले प्राप्त गर्ने सुबिधा प्राप्त नभएको भए र कोहि छुट भएका र सम्पर्कमा न आएका व्यक्तिले नगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखामा सम्पर्क राखी प्राप्त हुने सुबिधा लिन अनुरोध गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।