ओखलढुंगामा नेकपा एसको प्रभाव अत्यन्त कमजोर : एक कार्यपालिका सदस्यले मात्र सनाखत गरे
कपन अनलाइन
काठमाण्डौ,भाद्र २४।
ओखलढुंगा जिल्लामा नेकपा एकीकृत समाजवादीको प्रभाव निकै कमजोर देखिएको छ। निर्वाचन आयोगले तोकेको भाद्र २२ गतेको समय सिमा सकिदा जिल्लामा नेकपा एमालेको तर्फ बाट निर्वाचित जनप्रतिनिधि मध्ये एक जनाले मात्र सनाखत गरेका छन।
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाका कार्यपालिका सदस्य मावर सुनुवारले मात्र नेकपा एसको पक्षमा सनाखत गरेका छन। पछिल्लो समय नेकपा एसमा सक्रिय बनेका सुनुवार बाहेक अरु सबै जनप्रतिनिधिहरु नेकपा एमालेमै रहेका छन।
नेकपा एमालेका प्रभावशाली नेताहरु यज्ञराज सुनुवार,किशोर अधिकारी,अम्बिरबाबु गुरुङ र मोहन श्रेष्ठ लगायत नेकपा एमालेमा एकतावद्ध बने संगै ओखलढुंगा जिल्लामा नेकपा एसको प्रभाव निकै कमजोर बनेको चर्चा अहिले जिल्लामा चल्न थालेको छ।
तपाइँको प्रतिक्रिया ।