शाहरुख खान आज नेपाल आउने

शाहरुख खान आज नेपाल आउने

बलिउड नायक शाहरुख खानको आज नेपाल आउने संभावना रहेको छ । यसअघि नै उनी नेपाल आउने कार्यक्रम तय भएपनि हुन सकेको थिएन ।

दिउँसो ३ बजे नीजी विमानबाट काठमाडौं आउन लागेको जानकारीे प्राप्त भएको छ । आज साँझ कान्साई न्यारोल्याकको भिआईपी लेभलको कार्यक्रममा उपस्थिति जनाउन उनी आउन लागेका हुन् । उनले आजै साँझ पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।

shaharukh-khan

उनको सुरक्षालाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि तयारी अवस्थामा छन् । एक उच्च प्रहरी अधिकारीले भने कुने आज आउने नआउने संभावना उत्तिकै छ तर हामी सुरक्षाका लागि भने तयारी अवस्थामा छौं । अाज उनी अाए भाेलि विहान ९ बजे फर्कने कार्यक्रम छ ।

 

तपाइँको प्रतिक्रिया ।