नेकपा एमाले बुढानिलकण्ठ -५ का पाँच वटा जनसंगठनहरु एकसाथ पुनर्गठन

नेकपा एमाले बुढानिलकण्ठ -५ का पाँच वटा जनसंगठनहरु एकसाथ पुनर्गठन

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २०।

नेकपा एमाले बुढानिलकण्ठ-५ का जनसंगठनहरु पुनर्गठन गरिएको छ । नेकपा एमालेका महासचिव तथा काठमाण्डौ क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको पुनर्गठन कार्यक्रममा पाँच जन संगठनहरु घोषणा गरिएको थियो।

काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट बागमती प्रदेस सभा सदस्य दीपक निरौला, बुढानिलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राई ,नेकपा एमाले काठमाण्डौ जिल्ला कार्यालय सचिव विदुर विक्रम खड्का ,नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल लगायतको उपस्थितिमा भएको कार्यक्रममा रास्ट्रिय युवा संघ,अनेम संघ,बुद्दिजीवी सहयोग समिति,उत्पीडित जातिय मुक्ति समाज र जेष्ठ कम्युनिस्ट मंचका पदाधिकारी र सदस्यहरु घोषणा गरिएको थियो।

नेकपा एमाले बुढानिलकण्ठ -५ वडा कमिटीका अध्यक्ष नारायण दुलालको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघमा  संयोजक लक्ष्मण रोक्का,अनेम संघमा सोनाम मर्हजन,बुद्धिजीवी सहयोग समितिमा राम लामा,उत्पीडित जातिय मुक्ति समाज रामकुमार रोक्का संयोजक सहित   जेष्ठ कम्युनिस्ट मन्च संयोजक रहेको कमिटीहरु घोषणा गरिएको हो । सो कार्यक्रमको संचालन  वडा कमिटी सचिब चन्द्रमान रोक्काले गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।