प्रदेस सभा सदस्य नरोत्तम बैधद्वारा महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

प्रदेस सभा सदस्य नरोत्तम बैधद्वारा महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

कपन अनलाइन

काठमाण्डौ  ,भाद्र १७।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

वडा अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नेपाली काँग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरु गर्ने यसअघि नै निर्णय  गरिसकेको अवस्थामा  आज सर्वोच्चमा दर्ता भएको निवेदनको आइतबारका लागि पेशी तोकिएको छ।

सो निवेदनमा कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै महाधिवेशन रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ।

सबै नेपालीले खोप लगाई सकेपछी निश्चित वातावरणमा गर्न उचित हुने देखेर निवेदन दर्ता गरेको बताउदै प्रदेस सभा सदस्य बैधले नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टीको माहधिवेसन भव्य हुनुपर्ने बताएका छन।

अहिलेको सबै पार्टी र सरकारको प्राथमिकता कोरोना प्रकोप नियन्त्रण हुनुपर्ने बताउदै उनले महाधिवेसन केहि समय सार्नुपर्ने धारणा राखेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।