लक्ष्मीह्यग्रीब पुजा पद्वति पु्स्तक बिमोचन

कपन अनलाइन

काठमाडौं भाद्र ७ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ को   लक्ष्मीह्याग्रिब मन्दिरमा श्री लक्ष्मीह्यग्रीब पुजा पद्वति पु्स्तकको बिमोचन गरिएको छ। आईतबार एक कार्यक्रमका बीच  कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा र उप प्रमुख बिन्दु सिम्खडा पुडासैनीले संयुक्त रुपमा उक्त पुस्तक बिमोचन गरेका हुन । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी लगायत स्थानीयको उपस्थितिमा उक्त  पुस्तक बिमोचन गरिएको हो।  बिमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख  कृष्णहरि थापाले उक्त मन्दिरले धार्मिक  पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका थिए । उनले जुन सुकै काम बिधि संवत ढंगले गरे राम्रो हुने  बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।